बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमै विक्री

दैनिक नेपाल २०७८ वैशाख १४ गते १३:२३

काठमाडौं, १४ वैशाख । एनआईबीएल एस क्यापिटलले विक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमा नै विक्री भएको छ ।

इकाई खरिदका लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले हिजो सोमबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

इकाई खरीदका लागि आवेदन दिन छिटोमा वैशाख १६ गतेसम्मको म्याद तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित