६ कार्तिक २०८३, शुक्रबार

गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया शुरु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया शुरु भएको छ ।

गण्डकी प्रदेश सभाको बैठक आज मंगलबार दिउँसो सवा १२ बजे बोलाइएको छ । सांसदहरूले बोल्ने क्रम आजै सकिने र मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि प्रस्ताव प्रदेश सभामा निर्णयार्थ प्रस्तुत हुने छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारिएको छ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत हिजो बसेको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको हो ।

अन्य प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा यसअघि प्रस्ताव दर्ता भए पनि प्रदेशसभामा प्रस्ताव टेबुल भएको यो पहिलो घटना हो ।

कर्णालीबाट सत्ता गठबन्धन शुरु गरेका कांग्रेस र माओवादीले गण्डकीमा दोस्रो प्रयोग गरेका छन् । केन्द्रमा पनि कांग्रेस र माओवादी सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारीमा छन् ।