
काठमाडौं, १४ वैशाख । आज पहाडका केही ठाउँमा बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
अहिले प्रदेश १, प्रदेश २ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सफा रहेको महाशाखाको भनाइ छ ।
अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ । त्यसकारण देशभर अधिकतम र न्यूनतम तापक्रम पनि बढ्न थालेको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया