६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा १५६७ जनासहित उपत्यकामा सोमबार थपिए कोरोना भाइरसका १९१२ जना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । सोमबार देशभर कोरोना भाइरसका ३ हजार ५५६ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१२ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ संक्रमित थपिएका हुन् । योसहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार २ हजार १५३ जना संक्रमित थपिएका छन् ।

सोमबार काभ्रेपलाञ्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, मकवानपुरमा ३२, रसुवामा ४, रामेछापमा ४ जना, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ५ जना संक्रमित थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ जना छ ।