६ कार्तिक २०८३, शुक्रबार

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । अक्सिजन प्रयोग हुने उद्योगधन्दाहरू केही समयका लागि बन्द गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयले आग्रह गरेको बताइएको छ ।

भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज सोमबार पत्राचार गरिएको बताइएको छ ।