६ कार्तिक २०८३, शुक्रबार

१६ गतेदेखि काठमाडौं उपत्यकामा लकडाउन गरिने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ वैशाख । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा सरकारले वैशख १६ गते अर्थात् आगामी बिहीबारदेखि लकडाउन गर्ने गर्ने भएको छ ।

त्यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले भोलि मंगलबारदेखि नै निषेधाज्ञा जारी गर्ने भएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको भए पनि त्यसअघि नै निषेधाज्ञा जारी गर्ने निष्कर्षमा तीन वटै जिल्लाका प्रमुखहरु पुगेका हुन् ।

निर्णय सार्वजनिक हुनुअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी अहिले गृहमन्त्रालयका अधिकारीसँग छलफलमा छन् ।