
मोरङ, १३ वैशाख । मोरङमा ५५ वर्षीय पुरुषद्वारा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका–१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका–३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पीडकलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया