मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

एनआईबीएल समृद्धि फण्ड–२ को इकाईका लागि आवेदन खुला, कलिेसम्म छ म्याद ?

दैनिक नेपाल २०७८ वैशाख १३ गते १२:१७

काठमाडौं, १३ वैशाख । एनआईबीएल एस क्यापिटलले आज (वैशाख १३ गते)देखि एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबीएल समृद्धि फण्ड–२ का इकाई निष्काशन तथा बिक्री खुला गरेको छ ।

क्यापिटलले यस योजना अन्तर्गत प्रतिइकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबर्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउने छन् । निष्काशन बन्द छिटोमा वैशाख १६ गते हुने छ भने ढिलोमा वैशाख २७ गते हुने छ ।

एनआईबीएल समृद्धि फण्ड–२ एक बन्दमूखी योजना हो । यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुने छ । यस योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित