६ कार्तिक २०८३, शुक्रबार

नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, कति छ मृत्युदर ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार हाल नेपालमा १९ हजार ३८२ जना सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको ६.४६ प्रतिशत हो ।

गत चैत अन्तिम (चैत ३१ गते)सम्म नेपालमा १.२८ प्रतिहत अर्थात् ३ हजार ६०८ जना सक्रिय संक्रमित थिए । त्यसयता १२ दिनको अवधिमा नेपालमा सक्रिय संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ ।

यस्तै नेपालमा हालसम्म ३ हजार १६४ जना संक्रमितको मृत्यु भइसकेको छ । यो संख्या कुल संक्रमितको १.०५ प्रतिशत हो । नेपालमा आइतबार मात्रै २८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी नेपालमा हालसम्म ९२.४९ प्रतिशत अर्थात् २ लाख ७७ हजार ५७३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३ लाख ११९ जना मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

सरकारले चोहजति परीक्षणको दायरा बढाउन नसक्दा संक्रमितहरु सरकारी विवरणको दायराभित्र आउन सकेका छैनन् । जसले समाजमा संक्रमण फैलाउन मद्दत पुर्याइरहेको छ ।