६ कार्तिक २०८३, शुक्रबार

विराटनगरका कोरोना सङ्क्रमित एक जना पुरुषको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगरं, १३ वैशाख । विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक जना पुरुषको आइतबार राति मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ४० वर्षीय ती पुरुषको मृत्यु भएको हो । प्रबन्धक नारायण दाहालले मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो ।

अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।