
काठमाडौं, १३ वैशाख । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ ।
आज सोमबार बिहान मात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १ हजार ६०० जनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीले बताएको छ ।
यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक–पटक आग्रह गर्दै आएको थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको बताइएको छ । प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो ।















प्रतिक्रिया