
काठमाडौँ, ११ चैत । पठाओको सेवा पुनः सञ्चालनमा आएको छ ।
राइड सेयरिङ प्लाटफर्म पठाओको एप अपडेटका कारण अवरूद्ध भएको सेवा वुधबार दिउँसोबाट सुरू भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जनाएका छन् ।
अपडेट भएका कारण मंगलबारदेखि राइडसहित पठाओको ट्याक्सी र फुड पनि रोकिएको थियो ।
सोमबार विहान ट्याक्सी चालक र पठाओ राइडरबीच भएको विवादले सेवा रोकिएको भन्ने आम मानिसले अनुमान गरे पनि एप अपडेटका कारण सेवा रोकिएको कम्पनी जनाएको छ ।
ट्याक्सी चालकसँग झडप भएपछि राइडरहरुलाई कम्पनीको लोगो अंकित ट्राउजर नलगाउन कम्पनीले निर्देशन गरेको थियो ।












प्रतिक्रिया