
काठमाडौँ, ११ चैत । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ ।
यसैबीच नयाँ बनाउन लागिएको कार्यालयको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।
वुधबार प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुले भवनको निरीक्षण गरेका थिए ।
नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंग मार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।
उक्त घर साढे २ तलाको छ भने १३ कोठा रहेको बताइएको छ । उक्त घरमा वैशाख १ गतेदेखि पार्टी कार्यालय सर्ने भएको हो । ५ वर्षका लागि नयाँ सम्झौता गरिने बताइएको छ ।
त्यस्तै, नयाँ पार्टी कार्यालयमा रोबोट राखेर अत्याधुनिक प्रविधिको अनुसरण गरिएको छ । विभिन्न प्रश्नहरुको उत्तर समेत दिने उक्त रोबोटले आगन्तुकहरुलाई स्वागत गर्नेछ ।












प्रतिक्रिया