
काठमाडौं, २८ फागुन । संसदीय दलको नेता चुन्न जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक आज शुक्रबार बस्दैछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि दलको बैठक बोलाइएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जसपा बनेपछि दलको नेता चयन गर्न सकेको छैन ।
संसदीय दलको नेता बन्नका लागि अध्यक्ष ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिरहेका छन् । साथै जसपाले भावी सत्ता समीकरणमा प्रधानमन्त्री पदका लागि पनि नेकपा एमालेसँग वार्ता गरिरहेको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया