
काठमाडौँ, २७ फागुन । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको वार्ता सकारात्मक दिशातिर अघि बढेको छ ।
बिहीबार साँझ बालुवाटारमा भएको दुई दलका शीर्ष नेताबीचको छलफल सकारात्मक बनेको सहभागी नेताहरुले जनाएका छन् ।
जसपाका नेताहरुले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पूरा गर्नुपर्ने शर्त राखेको थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागका सम्बन्धमा थप छलफल गरेर निष्कर्ष निकालिने बताएका थिए ।
जसपाका संयुक्त नेताहरुसहितको छलफल सहमतिउन्मुख भएको तथा वार्ताका लागि कार्यदलमा थप एक जना थपेर ६ जना बनाइने बताइएको छ ।
दुई पक्षबीच भोलि पनि बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए ।
बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी थिए । त्यस्तै, एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसहित नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायत सहभागी थिए ।















प्रतिक्रिया