काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्नेत । बैठकले संसदीय दलको नेता चयन गर्ने सम्भावना छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ जसपा बनेको थियो । एकीकरणपछि पार्टीको संसदीय दलको नेता अझैसम्म चयन भएको छैन ।
जसपामा एकीकरणपूर्वकै संसदीय दलका नेता छन् । एकीकरणपूर्व राजपामा महन्थ ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलको नेता थिए ।
एकीकरणको समयमा राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने सहमति भएको थियो । सोही सहमति कार्यान्वयन भइ महतो संसदीय दलको नेता बन्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया