बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

काँग्रेस सांसदको नाराबाजीले प्रतिनिधिसभा बैठक अवरुद्ध, १० मिनेटका लागि स्थगित

दैनिक नेपाल २०७७ फागुन २३ गते १७:५८

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठक अवरुद्ध भएको छ ।

नेकपाको एक पक्ष प्रचण्ड माधव समूहले बैठकमा अध्यादेशलगायतका कार्यसूची हटाउनुपर्ने माग राख्दै बहिष्कार गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसका सांसदहरुले अध्यादेशको विरोध गर्दै नाराबाजी गर्न थालेपछि सभामुख अग्निप्रसाद सापाकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

कानुनमन्त्रीले अध्यादेश वाचन गर्न थालेपछि काँग्रेसका सांसदहरुले नाराबाजी गरेका थिए । त्यसपछि मन्त्रीलाई रोक्न लगाई सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित