
काठमाडौँ, २३ फागुन । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।
बैठकमा अध्यादेश ल्याउनेलगायतका सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची पेश गरेपछि सो समूहले पार्टी बहिष्कार गरेको हो ।
सांसद भीम रावलले अध्यादेशलगायत कार्यसूची हटाउनुपर्ने बताएका थिए । सभामुख सापकोटाले कार्यसूची हटाउन नसकिने बताएपछि प्रचण्ड नेपाल समूहले बैठक बहिष्कार गरेको हो ।
उनले प्रधानमन्त्री एवम् अहिलेको सरकार कुन पार्टीका हुन् भन्ने प्रश्न गरेका थिए ।
उनले सर्वोच्चको फैसलालाई संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे ।
उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’














प्रतिक्रिया