
काठमाडौँ, २३ फागुन । सांसद महेश बस्नेतले आफूहरु नेकपा (एमाले) कै हैसियतमा संसद बैठकमा उपस्थित भएको प्रतिक्रिया दिएका छन् ।
आइतबारको संसद बैठकमा उपस्थिति जनाउँदै बस्नेतले फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा लखेका छन्, ‘नेकपा (एमाले) को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ ।’
आजै दिउँसो सर्वोच्च अदालतले नेकपा ऋषिराम कट्टेलको पार्टी भएको आधिकारिकता दिएको थियो ।
सर्वोच्चको फैसलासँगै पूर्व नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ ।














प्रतिक्रिया