१३ कार्तिक २०८३, शुक्रबार

ओली-प्रचण्डको नेकपा खारेज भएसँगै के भने प्रचण्डले ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । पूर्व नेकपा एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आउने भएपछि पुष्पकमल दाहाल प्रचण्डले अपेक्षा गरेभन्दा फरक फैसला आएको प्रतिक्रिया दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

फैसलाबारे टिप्पलणी गर्दै प्रचण्डले विस्तृत विवरण नहेरी अन्य केही भन्न नसकिने बताउँदै सोचेभन्दा फरक फैसला आएको बताए ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।’

कट्टलले २ वर्षअघि नकेपा नामबारे सवोच्चमा रिट दायर गरेका थिए ।