४ कार्तिक २०८३, बुधबार

आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान शुरु हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । सरकारले आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्ने भएको छ ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिकालाई कोरोनाविरुद्धको खोप लगाइने छ । दोस्रो चरणको खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने बताइएको छ ।

दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सह–चालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि सरकारले खोप तालिका परिवर्तन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको हो ।

सरकारले शुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा सहभागि भएकामध्ये कसैलाई पनि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन ।

यो पनि पढ्नुहोस्–