४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

प्रधानमन्त्रीले उक्त खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भोलि आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने कार्यक्रम छ ।

यस्तै भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने कार्यक्रम छ ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदै छ ।