
काठमाडौं, २२ फागुन । सरकारले भोलि आइतबार कोरोनाविरुद्धको थप ३ लाख ४८ हजार डोज खोप ल्याउने भएको छ ।
कोभ्याक्समार्फत उक्त परिमाणको खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप भोलि आउन लागेको बताइएको छ ।















प्रतिक्रिया