१२ कार्तिक २०८३, बिहिबार

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, केही दिनमै घरघरमा आउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको छ ।

फागुन १० गते सुरुङमा हालिएको पानी आज सुन्दरीजलमा आइपुगेको हो ।

अहिलेको पानी फोहोरसहित आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ ।

प्रधानमन्त्री ओलीले लामो समयपछि सपना पूरा भएको बताउँदै अब केही दिनमा घरघरमा पानी आउने बताए । उनले भने, ‘काठमाडौँबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौँमा पानी झर्यो । केही दिनमा वितरण हुने भयो ।’

उनले मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको भन्दै उनले थपे, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’

उनले प्रचण्ड माधव तर्फ इंगित गरे ।

लामो समयको प्रतीक्षा पूरा भएको बताउँदै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले काठमाडौँलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई धन्यवाद दिए ।