१२ कार्तिक २०८३, बिहिबार

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छौ भन्दै करोड ठग्न खोज्ने पक्राउ

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, २२ फागुन । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका–८ बस्ने ५८ बर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका–१ स्थायी घर भएका ३९ बर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेका छन् ।

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ भनी झुट्टो आश्वासन दिई विश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।