१२ कार्तिक २०८३, बिहिबार

अविश्वासको प्रस्ताव आए डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ: प्रधानमन्त्री ओली

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव आए सामना गर्ने बताएका छन् ।

शनिबार बालुवाटारमा आफू पक्षको संसदीय दलको बैठकमा उनले आफैंले संसदमा विश्वासको मत नमाग्ने तर अविश्वासको प्रस्ताव आए सामना गर्ने बताए ।

संसदको विधि र प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव सामना गर्ने उनको भनाइ छ ।

आजको बैठकमा ९१ जना प्रतिनिधिसभाको र २४ जना राष्ट्रिय सभाका गरी जम्मा ११५ जना सांसदहरु सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

ओलीले आफूसँग बहुमत सांसदहरु रहेको बताए । उनले भनेका छन्, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’