
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन ।
शनिबार दिउँसो बालुवाटारमा बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका स्रोतले जनाएको छ ।
बैठकमा उत्साहजनक रुपमा सांसदहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रियसभाका गरी १ सय १५ जना सांसद सहभागी भएका बताइएको छ ।
सो पक्षले भोलिसम्ममा १ सय ३० जना सांसद हुने बताएको छ ।














प्रतिक्रिया