१२ कार्तिक २०८३, बिहिबार

ओली पक्षको संसदीय दलको बैठक बस्दै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संसदीय दलको बैठक बस्दै छ ।

बैठक बालुवाटारमा ३ बजेदेखि बस्ने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले प्रचण्ड–नेपाल पक्षका सांसदलाई पनि बैठकमा आउन जानकारी गराइएको बताए ।

शुक्रबारै प्रचण्ड–माधव पक्षले भने प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

बैठकले भोलिदेखि हुने संसद बैठकमा पार्टीको रणनीति तयार पार्ने तथा सांसदहरुको भूमिकाका विषयमा निर्णय गर्ने भट्टराईले बताए ।