१२ कार्तिक २०८३, बिहिबार

मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयद्वारा अर्थमन्त्रीमाथि ढुंगा प्रहार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध नाराबाजी र ढुंगा प्रहार भएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि औद्योगिक क्षेत्र प्रभावित स्थानीयहरुले ढुंगामुढा गरेका थिए ।

उनले क्षेत्र शिलान्यास गरेपनि भाषण भने २ मिनेट मात्रै गरेर टुंग्याएका थिए ।

नाराबाजी र ढुंगामुढा गरेपछि नेकपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए । दुवै तर्फबाट प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि अर्थमन्त्री पौडेलले दुई मिनटेमै भाषण सकेर हिँडेका थिए ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

स्थानीयले बिहीबार पनि मञ्च भत्काइदिएका थिए ।

स्थानीयका अनुसार वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि उनीहरु विरोधमा उत्रेका हुन् ।

औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।