
काठमाडौँ, २१ फागुन । प्रचण्ड माधव समूहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सो समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने स्रोतले जनाएको छ ।
शुक्रबार बसेको सो समूहको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
सो समूह वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय १५ जना सांसदहरु रहेका बताए ।
त्यस्तै, बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।














प्रतिक्रिया