
काठमाडौँ, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा हस्ताक्षर भएको हो ।
दुवै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुबीच भएको सहमति पत्रमा के छ त ?
१. दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौँ ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
करिब २ वर्षदेखि सरकारद्वारा प्रतबिन्धित समूहसँग एक वर्षदेखि वार्ता प्रयास भएको सरकारले जनाएको छ ।
दुवै पक्षले यो सहमतिले शान्तिपूर्ण राजनीतिमा टेवा पुग्ने विश्वास लिएका छन् ।














प्रतिक्रिया