
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमति नै मुलुकका लागि काफी भएको बताएका छन् ।
सभागृहमा भएको सहमति पत्रमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सहमतिपत्रमा तीन बुँदा छ, त्यो नै काफी छ, १८ पुराणमा व्यासले जम्मा दुईवटा कुरा गरे ।’
धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए ।
गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा बताउँदै प्रधानमन्त्री ओलीले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’














प्रतिक्रिया