१२ कार्तिक २०८३, बिहिबार

सरकारसँगको सहमतिमा नेपाललाई सुन्दर बनाउने सपना छ: महासचिव विप्लव

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा आएका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा महासचिव विप्लवले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन भएको बताएका छन् ।

उनले राजनीतिको नयाँ दिनलाई सफल पार्न दुई पक्षबीच ३ बुँदे सहमति भएको बताएका छन् ।

उनले सहमति गराउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’

विप्लवले यो सहमति भित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताएका छन् । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।