१२ कार्तिक २०८३, बिहिबार

विप्लवका कार्यकर्तालाई रिहा गर्न देशभर सर्कुलर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको छ ।

गृह मन्त्रालयले पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो सर्कुलर गरेको हो ।

प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दामा रहेका विप्लवका नेता कार्यकर्तालाई भोलिसम्म रिहा गर्न सरकारले निर्देशन दिएको हो ।

प्रजिअको आदेशमा म्याद थप भएका १८ जना विप्लवका कार्यकर्ताहरु हिरासतमा रहेका छन् ।

त्यस्तै, अदालतमा चलेका मुद्दामा पनि सरकारले सहजिकरण गरिदिने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।