
काठमाडौँ, २० फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध हटाएको छ ।
बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
बालुवाटार स्रोतका अनुसार विप्लव समूहसँग सहमति भएसँगै शान्तिपूर्ण राजनीतिक धारमा आएकोले प्रतिबन्ध हटाइएको हो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भइसकेको छ भने शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले राष्ट्रिय सभागृहमा संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।














प्रतिक्रिया