शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वुधबार ८७ जनामा कोरोना, ६२ जना निको, मृत्यु हुनेको संख्या ३ हजार १० पुग्यो

दैनिक नेपाल २०७७ फागुन १९ गते २०:५०

काठमाडौँ, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ सय ६६ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ७३ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित