१२ कार्तिक २०८३, बिहिबार

काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

देउवाले वुधबार साँझ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका हुन् ।

चितवनबाट फर्केर उनले खोप लगाएका हुन् ।

देउवासँगै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पनि खोप लगाएका थिए ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभालाई ध्यानमा राखेर सरकारले सांसदहरुलाई खोप लगाउने व्यवस्था मिलाएको हो ।