बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

विप्लव समूहसँगको दोस्रो चरणको वार्ता सहमति नजिक पुगेको भनाइ

दैनिक नेपाल २०७७ फागुन १९ गते १८:३३

काठमाडौँ, १९ फागुन । सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता पनि सकारात्मक भएको सरकारी पक्षले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका वार्ता टोलीबीच भएको बैठक सकारात्मक रुपमा समापन भएको हो ।
दोस्रो चरणको बैठक सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले बताए ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित