शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

किन भेटे योगेश भट्टराईले गृहमन्त्री थापालाई ?

दैनिक नेपाल २०७७ फागुन १९ गते १६:३२

काठमाडौँ, १९ फागुन । ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन सहायताका लागि नेकपा दाहाल–नेपाल समूहका नेता योगेश कुमार भट्टराईको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादल समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्प पीडितसरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित भट्टराई नेतृत्वले गृहमन्त्री थापा समक्ष ज्ञापन पत्र बुझाएको हो ।

मंगलबार ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका –३ मा रहेको दोभान बजारमा भीषण आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए भने ७९ परिवार विस्थापित बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित