शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विप्लव समूहसँग वार्ता सकारात्मक, चाँडै सुखद परिणाम आउनेछ: गृहमन्त्री थापा

दैनिक नेपाल २०७७ फागुन १९ गते १६:१५

फाइल तस्वीर

काठमाडौँ, १९ फागुन । गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा बादलले विप्लव समूहसँगको वार्ता सुखद भएको बताएका छन् ।

वुधबार सो समूहसँग पहिलो चरणको वार्ता भएपछि गृहमन्त्री थापाले सामाजिक सञ्जालबाट छिट्टै सुखद परिणाम आउने बताएका हुन् ।फेसबुकमार्फत थापाले भने, ‘वार्ता सकारात्मक छ। चाँडै सुखद परिणाम आउनेछ ।’

सरकारका तर्फबाट बादलसहित डा. राजन भट्टराई र विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रचण्ड र उदयविक्रम चलाउने दिपक वार्तामा बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित