१२ कार्तिक २०८३, बिहिबार

बिरामी आमालाई दही किन्न गएकी ११ वर्षीया बालिकामाथि करणी, संलग्न दुई बालक पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, १९ फागुन । दाङमा ११ वर्षीया बालिकामाथि करणी भएको छ । बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका करणीको शिकार बनेकी हुन् ।

बालिका मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्कने क्रममा ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले जबरजस्ती करणी गरेका हुन् ।
प्रहरीले घटनामा संलग्न १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ ।

ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिकामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाकी आमा बिरामी र दिदीको दुवै मिर्गौला ‘फेल’ छ । आमाको लागि दही किन्न गएकी उनलाई दुई बालकले घेरा हालेका थिए ।

दुई बालकमध्ये एकजनाले पीडितको भाइलाई हप्काउँदै पठाएको र १३ वर्षीय बालकले चाँही करणी गरेको पीडित बालिकाले बताइन् ।

दुई बालकहरु पक्राउ परेका र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।