बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रचण्ड–नेपाल पक्षले हटायो संसदीय दलको नेता र उपनेतासहित ७ जना नेतालाई

दैनिक नेपाल २०७७ फागुन १९ गते १४:५५

काठमाडौँ, १९ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षले पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङलाई हटाएको छ ।

सो समूहको वुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले ओली र नेम्वाङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाइएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीलाई पार्टीबाटै हटाएको सो समूहले नेम्बाङसहित अन्य ६ जनालाई पनि निलम्बन गरेको छ ।

उक्त समूहको बैठकले विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित