
काठमाडौँ, १९ फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
दुवै पक्षका वार्ता टोलीबीच वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको जानकारी दिए ।
वार्ताका लागि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक प्रकाण्ड सदस्य उदयबहादुर चलाउने दीपकसहित बिहानै बालुवाटार पुगेका थिए । उतीहरुबीच वार्ता साढे ९ बजेबाट सुरु भएको थियो ।
करिब दुई वर्ष भूमिगत रहेको समूलाई राजनीतिको मूल धारमा ल्याउने केपी शर्मा ओली नेतृत्वको सरकारले प्रयास गरेको हो । वार्ता चौतर्फी प्रशंसा भएको छ ।














प्रतिक्रिया