
काठमाडौँ, १९ फागुन । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले कोभिडढ १९ विरुद्धको खोप लगाउने भएका छन् ।
उनीहरु लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका हुन् ।
सांसदहरुले भने बानेश्वरस्थित सिभिल अस्पतालमा वुधबारबाटै खोप लगाउन सुरु गरेका छन् ।
फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने भएकाले सचिवालयले त्यस अघि नै सांसदरुहलाई खोप लगाउने भएको हो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया