बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

तीन महिने आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७७ फागुन १८ गते २१:५४

सांकेतिक तस्वीर

बैतडी, १८ फागुन । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित