१२ कार्तिक २०८३, बिहिबार

एक अर्बको आर्थिक प्रलोभन आएको मन्त्री आलेको भनाइ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । वनमन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको आर्थिक प्रलोभन देखाइएको दावी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गरेका हुन् ।

उनले केही व्यवसायी तथा वनका बद्मास कर्मचारीहरुले आफूलाई एक अर्बको आर्थिक प्रलोभन देखाएका बताए ।

आफूलाई भेट्न भनेपछि आफूले इन्कार गरेको र पछि ठूलो रकमको प्रलोभनमा पार्न खोजिएको उनको भनाइ छ । उनले आफू ठीक भए, आफ्नो मन ठीक भए कसैले केही गर्न नसक्ने आलेको भनाइ छ ।