
काठमाडौँ, १८ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई सम्मिलित वार्ता टोली गठन गरेको छ ।
विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउनेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएको छ ।
सरकारले पनि आजै विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईलाई अघि सारेको छ ।
मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।














प्रतिक्रिया