१२ कार्तिक २०८३, बिहिबार

मंगलबार ७८ जनामा कोरोना, ७२ जना निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय ७४ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ७० हजार १ सय १२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।