शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

उच्चतम सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

दैनिक नेपाल २०७७ फागुन १७ गते २१:४२

-मोहन पौडेल

परासी, १७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सेवा सवैभन्दा उत्कृष्ट सेवा रहेको बताएका छन् ।

उनले देश र जनताको सेवा गर्न पाउनु जीवनकै सर्वाेत्तम कार्य रहेको उल्लेख गरे ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जर्गाहास्थित प्रहरी युक्ति तालीम महाविद्यालयको आज अनुगमन गर्दै महानिरीक्षक क्षेत्रीले प्रहरी कर्मचारी तथा त्यहाँ सञ्चालित विभिन्न तालीममा सहभागि प्रशिक्षार्थीहरुलाई साधारण जीवनशैलीमा उच्चतम सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

उनले उपलब्ध सेवामा खुशी हुन सिक्दै व्यवसायिक प्रहरी बन्न जोड दिनुभयो । उनले भने, “प्रहरी सेवामा समर्पित बनाैँ, बिनम्र हुने तर बिनम्रतालाई कमजोरी नठान्ने, प्रहरीले एक आपसमा भाईचाराको भावना अभिवृद्धि गर्ने, हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्छ”

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायतले महाविद्यालयमा सञ्चालन भईरहेका तालीमबारे जानकारी गराउँदै उर्जाशील भएर देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुृभएको महाविद्यालयका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित