शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गुल्मीमा बोरामा एक युवतीकाे शव फेला, घटनाबारे अनुसन्धान हुँदै

दैनिक नेपाल २०७७ फागुन १७ गते १६:२१

सांकेतिक तस्वीर

काठमाडौँ, १७ फागुन । गुल्मीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले भेटिएको शव माघ २९ गते रातिदेखि बेपत्ता भएकी सोही गाउँकी २१ वर्षीया सम्झना बोहराको हुनसक्ने अनुमान गरेको छ ।

स्थानीय घाँस काट्न गएका बेला शवको गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र शवको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित